Monday, August 31, 2015

वीरगन्जमा आन्दोलनकारीले कर्फ्यू तोड्यो, प्रहरीको गोली लागेर दुई जना घाइते


वीरगन्जको विभिन्न चोकमा प्रर्दशनकारी र प्रहरीबीच झडप सुरु भएको छ। सोमबार साँझ प्रहरीको गोली लागेर घाइते भएर उपचारको क्रममा २५ वर्षीय दिलीप चौरसियाको मृत्यु भएपछि आन्दोलनकारीहरु आक्रोसित भएका हुन्।



गण्डक चोकमा प्रर्दशनकारी र प्रहरीबीच भइरहेको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर बहुअरी-६ का १७ वर्षीय दीपेश पटेल र २० वर्षीय संदिप पटेलको गोली लागेर गम्भीर घाइते भएका छन्। दीपेशको निधार र संदिपको ढाँडमा गोली लागेको छ। दुवै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी र प्रर्दशनकारीबीचको झडप उग्र बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। प्रशासनले लगाएको कर्यूर तोडदै श्रीपुरको राधेमाइटोलस्थित जिल्ला विकास समिति कार्यालय अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली चौरसियाको पिँठयुमा लागेको थियो।

गोली लागेर गम्भीर घाइते भएका चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

प्रहरीको गोलीबाट चौरसियाको मृत्यु भएपछि गाउँगाउँबाट मंगलबार बिहानै सयौँको संख्यामा आएका आन्दोलनकारीले मुर्ली, लक्षुमणवा, गण्डक, बिर्तास्थित अस्पताल रोडलगायतका ठाउँमा प्रर्दशन गरेका छन्। प्रर्दशनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।

कर्फ्यूको समयमा प्रर्दशन गरिरहेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले अस्पताल रोड र गण्डक चोकमा टियर ग्यास र हवाइ फायर गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।

सोमबारदेखि ठाउँठाउँमा भइरहेको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच सयभन्दा बढी टियर ग्यास र गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। लोहनीले गोली र टियर ग्यास कति चलेको हो हलसम्म यकिन हुन नसकेको प्रतिक्रिया दिए।

गोली लागेर मृत्यु भएका चौरसिया वीरगञ्ज राधेमाईमा डेरा गरी बिआइटी सिभिल इन्जियरिङ दोस्रो वर्षमा अध्ययनरत रहेको र उनी संघीय समाजवादी फोरम नेपालका मनियारी गाउँ इकाई कमिटीको सदस्य रहेको संसफोने पार्टीका जिल्ला अध्यक्ष प्रदीप यादवले बताए।

नयाँ सवंधिनमा आफ्ना हक अधिकारका लागि सडक संघर्ष गरिरहेका मधेसी जनतालाई अधिकार दिनुको साटो सरकारले गोली ठाकीरहेकोप्रति आक्रोसित हुँदै जबसम्म राज्यले सम्बोधन नगरे आन्दोलन जारी नै राख्ने अध्यक्ष यादवले चेतावनी दिए।

सोमबारको झडपमा दुई दर्जन बढी आन्दोलनकारी घाइते भएका छन्। झडपमा बालकद्धय १० वर्षको इरफान अन्सारी र मुन्ना कुमार यादव पनि घाइते भएका छन्। यस्तै अनवर हवारी, मनोज महतो, कृष्ण कुमार पटेल, मनोज कुमार यादव, मन्दिप यादव, प्रमोद यादव, शशी ठाकुर, ताज मियाँ, डब्लु मियाँ, सुनिल साह, पन्नालाल यादव लगायतका घाइते भएका थिए। प्रहरीतर्फ पनि दर्जन बढी घाइते छन्।

0 comments:

Post a Comment