Friday, August 7, 2015

प्रधानमन्त्री विशेष सुरक्षा इकाई सिंहसहित १४२ डीएसपीको सुरुवा - पुरा समाचार हेर्नुस


२२ साउन, काठमाडौं । नेपाल प्रहरीले १४२ जना प्रहरी नायव उपरीक्षक डीएसपीको सुरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री विशेष सुरक्षा इकाई बालुवाटारका अमरेन्द्रबहादुर सिंहलाई प्रधान कार्यालयको यूएन जगेडामा सुरुवा गरेको छ । अख्तियारको प्रहरी महाशाखाका डीएसपी कृष्णहरी शर्मा पोखरेललाई संखुवासभा प्रहरी कार्यालयमा सुरुवा गरिएको छ ।


साउन ८ गते प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा बढुवा भएका १५ जनाको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै चार जना प्रहरी उपरीक्षकको सुरुवा गरिएको छ भने हालै मात्र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका तीन जनको पदस्थापन भएको छ ।

0 comments:

Post a Comment