Sunday, August 30, 2015

उपचार नपाएर मलेसियामा एक नेपालीको ज्यान गयो


भदौ १३ उपचार नपाएर मलेसियामा एक नेपालीको ज्यान गएको छ । मलेसियाको जोहोरबारुमा कार्यरत नेपालगञ्जका २३ वर्षीय रञ्जित राम धोवीको समयमा उपचार नपाएर ज्यान गएको हो । गएको दुई महिनादेखि धोवीको खुट्टाको समस्या देखिएको थियो । कम्पनीको बेवास्ताका कारण उपचार हुन नसक्दा आफ्नो दाईको ज्यान गएको धोवीका भाई सर्जिन धोवीको भनाई छ ।

0 comments:

Post a Comment