Sunday, August 30, 2015

कैलालीमा प्रहरीको हतियार समेत लुटिएको खुलासा



कैलाली, भदौ १४ । आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा नेपाल प्रहरीको केही हतियार प्रर्दशनकारीले लुटेर लगेको खुलासा भएको छ ।

प्रहरीको एउटा एसएलआर हतियारसहित २ वटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एयटा ग्यास गन प्रर्दशनकारीले लुटेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार त्यसबेला प्रहरीले बोकेको तीनवटा एसएलआरमध्ये एउटा लुटिएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

0 comments:

Post a Comment