Monday, August 31, 2015

नेपालमा एक करोड भारतीय, उनीहरुको सुरक्षाप्रति भारतको चासो : भारतीय गृहमन्त्री



काठमाडौं, भदौ १४ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको तराई क्षेत्रमा एक करोड भारतीयहरु रहेको भन्दै उनीहरुको हीत रक्षाका लागि भाजपा सरकार सचेत रहेको बताएका छन् ।

नेपालको विद्यमान राजनीतिक अवस्थाप्रति भारत सजग रहेको भन्दै उनले नेपालमा बस्ने भारतीयहरुको सेवा–सुरक्षाप्रति भारत सरकारको चासो रहेको बताएका हुन् ।

भारत, उत्तर प्रदेशको महाराजगन्ज जिल्लामा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)को नयाँ पोस्टको शिलान्यासका क्रममा नेपालबारे बोल्दै सिहंले मधेसको समस्या नेपालको आन्तरिक मुद्दा भएकोसमेत उल्लेख गरे ।

भारतको ‘मेल टुडे अनलाइन’ले सिंहको भनाइ उद्धृत गर्दै सोमबार प्रकाशन गरेको समाचारमा वर्षौंअघि भारतबाट बसाइँ सरेर नेपाल गएका मधेसीहरु भारतीय भएको र उनीहरुमध्ये धेरैले अझै पनि नागरिकता नपाएको उल्लेख गरेको छ ।

सो अनलाइनले गोरखपुरबाट निर्वाचित भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथले अहिले मधेसीहरुले चलाइरहेको आन्दोलनका लागि ‘लजिस्टिक’ सहयोग गरेको दाबीसमेत गरेको छ ।

0 comments:

Post a Comment