Monday, August 31, 2015

चन्दा माग्दै धम्क्याएको आरोपमा पक्राउ


ललितपुरका विभिन्न व्यापारीलाई चन्दा माग्दै धम्क्याएको आरोपमा संजीवसिंह ठकुरी पक्राउ परेका छन् । राजधानी दैनिकमा समाचार छ ।

जावलाखेलस्थित फुटपाथे व्यापारीलाई मेरो एरिया हो भन्दै धम्क्याएर जबरजस्ती फलफूल लगायत लिने गरेको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

उनले सडकपेटी तथा रेष्टुरेन्टमा समेत धम्क्याउदै चन्दा असुली गरेको ललितपुरका प्रहरी प्रवक्ता डिएसपी दयानिधी ज्ञवालीले जानकारी दिए ।

0 comments:

Post a Comment