Thursday, September 17, 2015

भारतीय दूतको भेटघाट सुरू, पहिलो भेट अोलीसँग


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा भारतीय विदेश सचिव एस जयशंकर शुक्रबार बिहान ९ बजे नेपाल आइपुगेका छन्। जयशंकरले दिनभर प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्ने कार्यक्रम छ। नेकपा एमाले अध्यक्ष केपी अाेली निवास वालकोटमा उनको पहिलो भेटवार्ता भएको छ। अोलीले ट्विटर मार्फत फोटोसहित भेटघाटको जानकारी गराएका छन्।



असोज तीनगते नयाँ संविधान जारीगर्ने तय भएको बेला भारतीय दूतको अागमनलाइ अर्थपूर्ण मानिएको छ। परराष्ट्र श्रोतका अनुसार जयशंकर शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

जयशंकरले प्रधानमन्त्री सुशील कोइरालालाई विहान १० बजे भेट्ने तय गरिएको थियो । क्याविनेट बैठक जुधेका कारण प्रधानमन्त्रीको भेटघाटको कार्यतालिका हेरफेर भएपछि जयशंकरले पहिलो भेट ओलीसँग गरेका हुन् ।

0 comments:

Post a Comment