Friday, September 18, 2015

आठ जना पत्रकार पक्राऊ


१ असोज, गौर । तराई मधेसमा जारी आन्दोलनको समर्थनमा निषेधित क्षेत्र भित्र जुलुस निकालेका आठ पत्रकारहरुलाई रौतहट प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । पक्राउ परेका पत्रकारहरुमा नेपाल पत्रकार महासंघ रौतहटका पूर्वअध्यक्ष प्रेमचन्द्र झा, महासंघका पार्षद प्रभात झा, किशोरी यादव, प्रविण टिबडेवाल, धर्मेन्द्र साह लगायत छन् । सदरमुकाम गौरको निषेधित क्षेत्र भित्र जुलुस निकालेकाले नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ । उनीहरुले तराई मधेसको माग सम्वोधन गर्न, पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न माग गर्दै आएका छन् । यसअघि तराई मधेसमा जारी आन्दोलनको समर्थनमा प्रदर्शन गरेको भन्दै पर्साको वीरगञ्जबाट पनि प्रहरीले पत्रकारहरुलाई नियन्त्रणमा लिएको थियो । ति पत्रकारहरु एक दिनपछि रिहा भएका थिए ।

0 comments:

Post a Comment