Friday, September 18, 2015

संविधानसँग सेल्फी खिच्दै सभासद्


​काठमाडौँ : अघिल्लो संविधानसभामा समयमै संविधान बनाउन नसक्दा सभासद्हरुले जनताको हातबाट झापडसमेत खाए। अन्ततः संविधानै नबनाई संविधानसभा भङ्ग हुन पुग्यो। दोस्रो संविधानसभाले पनि खासै गतिलो लक्षण देखाएको थिएन। नेताहरुले आफैले घोषणा गरेको एक वर्षे म्यादमा स‍ंविधान त आएन नै, बैठक कक्षभित्र तोडफोडका दृश्यसमेत देखिए।


तर भूकम्पपछि प्रमुख दलहरु एक ठाउँमा आए र संविधान निर्माण सहज बन्यो। आन्तरिक तथा बाह्य दबाबलाई बेवास्ता गर्दै बुधबार संविधान पारित भयो। शुक्रबार संविधानका पाँच आधिकारिक प्रतिमा हस्ताक्षर गरी स‍ंविधान बनाएको जस लिन पाउँदा सभासद्हरुको अनुहार खुसीले धपक्क बलेको थियो।  उनीहरु संविधानसँगै सेल्फी, सामूहिक फोटो खिच्दै रमाइरहेका थिए।

0 comments:

Post a Comment