Friday, September 18, 2015

बलिउड नायिकाको भनाइ-‘महिला-महिला सम्बन्ध जायज’


अहिले बलिउडका नायिकाहरु पुरुष वा महिलासँगको सम्बन्धको बिषयमा खुलेरै बोल्न थालेका छन् । ‘तन्नु वेड्स मन्नु, रान्झडा’ जस्ता बलिउड चलचित्रमा काम गरिसकेकी नायिका स्वरा भास्करले लेस्बियन सम्बन्धका बारेमा खुलेरै आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।
उनले लोकतन्त्रमा यस्ता कुरा जायज भएको बताइन् । उनका अनुसार स्वतन्त्रता भोट दिदैमा र व्यापार गर्दै हुँदैन । आफू कोसँग रहन चाहन्छु र कस्तो सम्बन्ध गाँस्न चाहन्छु भन्ने कुरामा पनि यो भर पर्छ ।’
उनका अनुसार भारत जस्तो स्वतन्त्र देशमा धारा ३७७ राम्रो होइन । स्वराका अनुसार जब मानिसलाई कुनै कुरा मनपर्दैन त्यो काम अरुले पनि नगरोस् भन्ने चाहन्छ र रोक्न खोज्छ । यो नराम्रो हो ।
स्वराले देशमा मासु र पोर्न चलचित्र ब्याण्डको बिषयमा पनि आफ्नो भनाई राखिन् । उनले कुनै कुरा रोक्दैमा त्यो समाधान नहुने पनि बताइन् ।

0 comments:

Post a Comment