Thursday, September 17, 2015

वार्ताको ढोका खुला छोडर मधेसी मोर्चाद्वारा आन्दोलनको घोषणा



काठमाडौँ, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको ढोका खुलै राखेर आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

बिहिबार राजधानीमा बसेको मोर्चाको बैठकले आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । मोर्चाले आन्दोलनकै बीचमा वार्ताको ढोका सदैव खुला हुने समेत जनाएको छ ।

मोर्चाले घोषणा गरेका आन्दोलनका कार्यक्रम

संविधान जारी हुने दिन असोज ३ गते मुखमा कालोपट्टी बाँधी कालो झण्डा लिएर मौन जुलुस प्रदर्शन गर्ने,

साँझ ७ बजेदेखि ८ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय,

असोज ४ गते जिल्ला सदरमुकाममा संविधान जलाउने,

संविधान निर्माणको विरोध गर्ने शक्तिसँग सहकार्य गर्ने,

आन्दोलनका क्रममा  मृत्यु भएकाप्रति श्रद्धान्जलि व्यक्त गर्ने,

शोक संतप्त परिवारप्रति समवेदना प्रकट गर्दै मोर्चाले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नेलगायतका कार्यक्रम घोषणा गरेको छ ।


0 comments:

Post a Comment