Saturday, August 22, 2015

लुम्बिनीमा शसस्त्र प्रहरी बेसमा आक्रमण गरेपछि प्रहरीले गोली चलायो


क्षतिको विवरण आउन बाँकी
स्थानीय प्रशासनसँग शान्तिपूर्ण प्रर्दशन गर्ने सहमती गरेका मधेस केन्द्रित दलहरुले सहमतीको ३ घण्टा नबित्दै प्रहरी चौकीमा आक्रमण गरेका छन।

जिल्ला प्रशासन कार्यालयमा छलफलपछि अबको प्रर्दशन शान्तीपूर्ण गर्ने भन्दै हस्ताक्षर समेत गरेका मधेश केन्द्रीत दलहरुले अहिले ७ : १५ बजे शसस्त्र प्रहरी बेस क्याम्पमा आक्रमण गरेका हुन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालका अनुसार रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं १ स्थीत  खुनगाईमा रहेको शसस्त्र प्रहरी बेसमा आक्रमण गरेपछि उक्त क्षेत्र अहिले सम्म तनावग्रस्त छ।

आन्दोलनकारीहरुले साँझ अचानक आक्रमण गरेपछि प्रहरील केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

अहिलेसम्म पनि झडपको अवस्था रहेकोले त्यहाको अवस्था के छ भन्ने बुझ्न नसकिएको र कति सेल अश्रुग्यास प्रयोग भयो भन्न  सकिने अवस्था रहेको ढकालले बताए।

क्षती बारे आफूले बुझ्नेक्रममा रहेको उनले बताए। रातको समय भएकोले परिस्थिति जटिल देखिएकालेे त्यस क्षेत्रमा कसरी शान्ति कायम गर्ने भन्नेमा आफूहरु प्रयत्नशील रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

0 comments:

Post a Comment