Saturday, August 22, 2015

चीनसँग थप ३ व्यापारिक नाका खुल्ने


काठमाडौं, भदौ ६ – नेपाल र चीनबीच द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि सञ्चालनमा रहेका ६ वटा भन्सार नाकामा पूर्वाधार विकास गर्ने र ३ अतिरिक्त व्यापारिक मार्ग खोल्ने सहमति भएको छ । आजको कारोबार दैनिकमा खबर छ । शनिबार काठमाडौंमा सम्पन्न छैटौं बैठक नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा यस्तो सहमति भएको हो ।

गोरखाका छेकम्पार र लार्के, दोलखाको लामाबगर र मुगुबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने अतिरिक्त ३ व्यापारिक मार्ग स्थापनाका लागि सम्भाव्यता अध्ययन तथा पूर्वतयारीको काम सुरु गर्ने सम्बन्धमा नेपाल र चीनबीच सहमति भएको छ । हाल हुम्लाको यारी, मुस्ताङको लिजा, रसुवाको जिलोङ र सिन्धुपाल्चोकको तातोपानीलगायत ६ नाका सञ्चालनमा छन् । शनिबार नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइराला र चीनको स्वशासित क्षेत्र तिब्बतका उपमहासचिव काई डेन नान जीईले सम्झौतामा हस्ताक्षर गरे ।

0 comments:

Post a Comment