Wednesday, August 5, 2015

६ प्रदेशमै सहमति बन्दै




काठमाडौं, साउन २१ – प्रदेश सीमांकनसहित संविधान मस्यौदा परिमार्जनको गृहकार्यमा व्यस्त प्रमुख दलहरू ६ प्रदेशको सहमति नजिक पुगेका छन् ।

संवाद समितिअन्तर्गतको प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिको बुधबार राति अबेरसम्म चलेको छलफलमा भएको प्रदेशको सीमा निर्धारणसम्बन्धी सैद्धान्तिक सहमतिले बिहीबार ठोस आकार लिने सम्भावना छ । नेताहरूले बिहीबार बिहान ९ बजे बैठक गरी संविधान मस्यौदा परिमार्जनको सहमति गर्ने र त्यसलाई साँझ ५ बजे बस्ने संवाद समितिको बैठकमा पेस गरिने सम्भावना छ ।

विशेष समितिको बैठकबाट बाहिरिने क्रममा एमाले नेता केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारसहितका नेताले बिहीबार संघीयतासहित संविधानको प्रारम्भिक मस्यौदा परिमार्जनका विवादित विषय टुंग्याउने गृहकार्य भएको जानकारी दिए । उनीहरूले प्रदेशको सीमांकनबारे छलफलमा आएका वैकल्पिक प्रस्तावहरूबारे औपचारिक टिप्पणी नगरे पनि संघीयतासम्बन्धी विवाद ६ प्रदेश निर्माण गर्ने समझदारीमा टुंग्याउन लागेको स्पष्ट संकेत गरे । तर उनीहरूले छलफल गरेका प्रदेशको सीमांकनसम्बन्धी वैकल्पिक प्रस्ताव र सम्भावित सहमतिको खाका गोप्य राखेका छन् ।

एमाले अध्यक्ष ओलीले दलहरूबीचको सहमति ६ प्रदेशभन्दा बढीमा नहुने बताए । ‘सहमतिको निकट छौं,’ ओलीले भने, ‘बिहीबार ९ बजे बस्ने बैठकबाट अन्तिम टुंगोमा पुग्ने अपेक्षा गरेका छौं ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments:

Post a Comment