त्यस्तै हप्तामा ५४ घण्टा काम गर्नेमा २७ प्रतिशत तथा ५५ घण्टा काम गर्नेमा ३३ प्रतिशत बढि पाइयो ।
युनिभर्सिटी कलेज अफ लण्डनका डाक्टर मिका किविमाकीका अनुसार हरेक ३५ देखि ४० घण्टा प्रति हप्ता काम गर्ने मानिसहरुमा हरेक १० वर्षमा विश्लेषण गर्दा हृदयाघातको घटना प्रतिहजार ५ जना भन्दा कम पाइएकेा छ । जबकी ५५ घण्टा प्रतिहप्ता काम गर्नेमा यो संख्या प्रतिहजार ६ जना थियो । पछिल्लो शोधको निष्कर्ष सुरुवाती निष्कर्ष रहेको भन्दै शोधकर्ताले यसमा अझै अनुसन्धानको खाँचो रहेको बताएका छन् ।
हृदयाघातका कारणमा लामो समयसम्म काम गर्दा उत्पन्न हुने तनावका साथै लामो समयसम्म बसिरहेर काम गर्दा उत्पन्न हुने जोखिम समावेश हुन्छ । त्यस्तै लामेा समयसम्म कार्यस्थलमा बसेर काम गर्नुपर्दा व्यायाम तथा सन्तुलित भोजनको अवसर पनि कम मिल्ने हुनाले मानिसको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ ।
त्यसैले कार्यसमयलाई सरीरले थेग्नसक्ने बनाउनुका साथै स्वस्थ खानपान, जिवनशैली अपनाउनुका साथै कार्यालयमा बसिरहनु भन्दा बेलाबेलामा कुर्सीबाट उठेर यताउती हिँड्ने तथा शारीरिक गतिविधिमा पनि ध्यान दिनुपर्ने शोधकर्ताहरुको सल्लाह छ ।
0 comments:
Post a Comment