Sunday, August 9, 2015

जनयुद्धको उदगमस्थलबाटै प्रचण्ड र बाबुरामलाई ‘थ्रेट’



२४ साउन, काठमाडौं । माओवादी जनयुद्धको उदगमस्थल राप्तीका एमाओवादी नेताहरुले प्रचण्ड र बाबुरामले पार्टीको नीति विपरीत रातारात ६ प्रदेशमा सहमति गरेको आरोप लगाएका छन् । प्रचण्ड-बाबुरामले गल्ती नसच्याए पेरिसडाँडा बैठकमा सेकताप गरिने नेताहरुले जनाएका छन् । एमालेको मोडेलअनुसार पहिचानविरोधी ६ प्रदेशमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड र बाबुरामलाई चुनौती दिने अग्रपंक्तिमा एमाओवादी सचिव वर्षमान पुन (अनन्त) उभिएका छन् । त्यसैगरी पूर्वलगाकू कमाण्डर पासाङ र सभासद एवं पूर्व डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले पनि पार्टी नेतृत्वलाई चुनौती दिँदै रातारात गरिएको गल्ती सच्याउन भनेका छन् । प्रचण्ड र बाबुरामले गल्ती गरेको भन्दै त्यसलाई सच्याउन माग गर्ने टोलीमा वाइसीएल प्रमुख गणेशमान पुन पनि छन् त्यसैगरी कर्णालीका जनतालाई कैलालीको शासन थोपरिएको भन्दै कालीकोटका एमाओवादी नेता महेन्द्रबहादुर शाहीले पनि प्रचण्ड बाबुरामलाई गल्ती सच्याउन चुनौती दिएका छन् ।
कैलालीका एमाओवादी नेता विष्णु चौधरीले थारुहरुको पहिचान गायव गरिएको भन्दै प्रचण्ड बाबुरामको विारधे गरेका छन् । एमाओवादी जनयुद्धमा ठूलो योगदान पुर्‍याएका अनन्त, पासाङ, प्रभाकरलगायतको यो टोलीले आइतबार प्रचण्ड र बाबुरामलाई छुट्टा छुट्टै विरोधपत्र समेत बुझाएका छन् । एउटा पत्र पार्टी अध्यक्षलाई सम्बोधन गरिएको छ भने अर्को पत्र सम्वाद समितिका सभापतिलाई सम्बोधन गरिएको छ ।
असहमति पत्रमा के छ ?
प्रचण्ड बाबुरामलाई बुझाइएको पत्रमा पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरुको विभाजनलाई परिमार्जन गर्न माग गरिएको छ । कर्णाली क्षत्रेको स्वायत्तत्रता कायम गर्नेगरी प्रदेश बनाउन माग गरिएको छ । त्यस्तै जातीय पहिचानलाई आधार बनाएर क्लस्टरहरु मिलाउन माग गरिएको छ । त्यस्तै धौलागिरी, लुम्बिनी र साप्तीको मगर बाहुल्य क्षेत्रलाई समेटी मगरात- तमुवान संयुक्त प्रदेश बनाउन माग गरिएको छ ।

0 comments:

Post a Comment