Tuesday, August 25, 2015

जलिरहेका यि व्यक्ति एसएसपी लक्ष्मण न्यौपाने होइनन्


काठमाडौं, भदौ ८ । सोमबारको टिकापुर आक्रमको घटना लगत्तै एसएसपी लक्षमण न्यौपानेको जलाएर हत्या गरिएको भन्ने समाचारहरु आए । यो तस्विरले सामाजिक संजालमा पनि राम्रै चर्चा पायो ।
तर यो जलिरहेको व्यक्तिको फोटो वास्तवमा नेपालको नभई अमेरिकाको फ्लोरिडा राज्यमा सन् २०१२ को घटनाको वास्तविक तस्विर भएको पुष्टी भएको छ।
नेपालका संचारमाध्यममा यो फोटो मज्जैले कपी पेष्ट भएपछि साउथ एसिया फ्याक्टचेकले तुरुन्तै अनुसन्धान थालेर सन् २०१२ मा फ्लोरिडामा भएको घटनामा सम्बन्धित भन्ने निष्कर्ष निकाल्यो ।
जुन तस्विरलाई नेपालका ब्लगले प्रयोग गरे र टिकापुरमा जलाइएका प्रहरी भन्दै प्रयोग गर्न थाले ।

0 comments:

Post a Comment