बर्दिया, भदाै ९ - बर्दियाको नेउलापुरमा आन्द्रा बाहिर निस्किएको शिशु जन्मिएको छ । नेउलापुर ९ गोदाना गाउँ बस्ने १८ वर्षकी एलिशा थापा मगर दमाईको पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको आन्द्राभुँडी बाहिर निस्किएको हो ।
दमाईको घरमा बच्चा हेर्नेको घुइँचो लागेको छ । शिशुको नाईटो रहने ठाउँबाट पेट भित्रको आन्द्राभुँडी बाहिर निस्किएको छ । शारीरिक बनोट ठिक रहेको बच्चाकी आमा एलिशा थापामगर दमाईले बताउनुभयो । भुरीगाँउको नेउलापुर स्वास्थ्य चौकीमा मंगलबार जन्मिएको शिशुको श्वासप्रश्वास राम्रैसँग भैरहेको छ । ‘बच्चा स्वस्थ्य छ, प्लाष्टिक सर्जरी गर्नुपर्छ, १ हप्ताभित्र भारतको लखनउ या काठमाण्डौँ लैजानुस एक लाखसम्म खर्च लाग्न सक्छ, बच्चा ठिक हुन्छ भनेर डाक्टरले भनेपनि पैसा अभावमा बच्चा घरमै ल्याएका छौं’, बच्चाका ठूलोबुबा अली दमाईले भन्नुभयो ।
बच्चाका बुबा कलेन्द्र दमाई कामको लागि भारत जानुभएको छ ।
-उज्यालो बाट
0 comments:
Post a Comment