शनिबार पाल्पाको दोभान स्थित तिनाउ नदीमा खसेको बसको आइतबार बेलुका भेटिएको छ । लु १ ख ५७७१ नम्बरको बस टुक्राटुक्रा अबस्थामा भेटिएको हो । बस खसेकै ठांउमा गडेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । बस नदीमा भेटिएपनि बाहिर निकाल्ने काम शुरु भएको छ । आज बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी , ,ट्राफिक प्रहरी,शसस्त्र प्रहरी र चितवनबाट झिकाइएका गोताखोरहरुले बस खोज्ने काम गरेका थिए । शडकमा बगेको हिले पहिरोमा फसेको माइक्रोबस सिद्धबाबाको माथिबाट खसेको ढुङ्गाले उछुट्टाएर खोलामा पुर्याएको थियो ।
अहिले सम्म ३ वटा मात्र शबको पहिचान भएको छ । ज्यान गुमाउनेहरुमा स्थान नखुलेका बिष्णु बहादुर थापा ,पाल्पा ताहु ८ पाल्पाकी कक्षा १० मा पढ्ने की बिद्या श्रेष्ठ (परिचय पत्रका आधारमा) र ताहु ५ कै बिष्णु श्रेष्ठको आइतबार बिहान बुटवलको देबिनगरमा रहेको झोलुङेगे पूलमुनी शब भेटिएको थियो ।bus 1
हिजोे भारी बर्षा र अबाश्यक उपकरण नहुदा उद्धारमा ढिलाइ समेत भएको हो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment