Sunday, August 9, 2015

खोलामा डुबेर एक जनाको मृत्यु


डोटी, साउन २४ – डडेलधुरामा खोलामा डुबेर एक महिलाको ज्यान गएको छ ।सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार डडेलधुराको साधनी खोलामा डुबेर परशुराम नगरपालीक– ७ की भविसरा घर्तिको ज्यान गएको हो । आइतबार बिहान आफन्तलाई भेट्न जाने क्रममा साधनी खोला तर्ने क्रममा घर्ति खोलमा डुबेको प्रहरीले जनाएको छ । वर्षा लागेसँगै यस क्षेत्रको खोला तथा नदीमा पानीको बहाब बढेका कारण यहाँका बासिन्दालाई हिँडडुल गर्न समस्या भएको छ ।

0 comments:

Post a Comment