दुर्घटनाको वायुसेनाका प्रवक्ता एअर कमान्डर अलोङ्ले पुष्टि गर्दै भने, 'कादुनाबाट नाइजेरियाको राजधानी अबुलाका लागि उडेको उक्तविमान कुहुनास्थित एक घरमा ठोकिँदा दुर्घटना भएको हो ।'
मृतकको शरीर घटनास्थलमा जम्मा गरिसकिएको साथै उक्त विमानबाट आगो वस्तीमा फैलिन नदिन बारुणयन्त्र परिचालन गरिएकाे उनले बताए। विमानमा विमान चालक, सहचालक, दुई इन्जिनियर र तीन जना यात्रु दुर्घटामा परेको बताइएको छ ।
दुर्घटनाको छानविन गर्न वायुसेना प्रमुख तथा एअरमार्शल सद्दिकी अवुवाकरको नेतृत्वमा एक छानविन समिति गठन गरिसकिएको प्रवक्ता आलोङले बताए। रासस/सिन्ह्वा
0 comments:
Post a Comment