काठमाडौं, भदौ १२ । नेपालमा काम नपाएर दिक्क हुनुभएको छ र काम गरेर पनि मासिक तलब प्राप्त गर्न कठीनाई भइरहेको छ रु यदी छ भने अब तपाईका लागी यो कोरीया उचित गन्तब्य बन्न सक्छ । नेपाली कामदारलाई खुबै रुचाएको दक्षिण कोरियाबीले रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता २ वर्षका लागी थप गरेपछि नेपाली कामदारको भाग्य फेरी एक पटक चम्किने भएको छ । यसैबिच सम्झौतामा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र कोरीयाली श्रम मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । कोरिया भ्रमणमा रहेका श्रम राज्यमन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन तथा ईपीएसको उमेर हदमा समेत बृद्धी गर्ने विषयमा समेत कुरा भएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment