Saturday, August 29, 2015

बाँकेमा नाकाबन्दीको तयारी चल्दै


संयुक्त थरुहट मधेस संघर्ष समिति र संयुक्त लोकतान्त्रिक मोर्चाले भोलि आइतबारबाट बाँकेमा नाकाबन्दी गर्ने भएका छन् । विगत दुई साता भन्दा बढीको लागातारको बन्द हड्ताल पछि दुई दिने खुलेको बाँकेमा भोलिबाट आन्दोलन चर्काइने आन्दोलनकारीहरुले जानकारी दिएका छन् । पर्वलाई मध्यनजर बन्द खुकुलो पारिएको थियो अब भोलिबाट कडा रुपमा नाकाबन्दी गरिनेछ, समितिका प्रवक्ता पशुपति दयाल मिश्रले भने । मिश्रले आन्दोलन शान्तिपूर्ण र सशक्त बनाउने जानकारी दिए । कोहलपुरमा पनि भोलिबाट आन्दोलन चर्काउन व्यापक तयारी गरिएको छ । थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनमा साथ दिन कोहलपुरका व्यवसायीहरुसँग अहिले छलफलमा बन्दैछ ।

थरुहट संयुक्त संघर्ष समितिका संयोजक चन्द्र बहादुर चौधरीले आन्दोलन थारु जातिको मात्रै नभएर थारुहट जातिको लागि भएकाले सबैले साथ दिन उद्योग, व्यापारीसँग छलफलमा बस्न लागेको बताए ।
यसअघि नै कोहलपुरका स्थानीय व्यवसायी र आन्दोलनकारीहरु बीच समन्वयकारी ढंगले साँझ पसल व्यवसाय सञ्चालन गर्न दिइदै आएको छ ।प्रशासनले बाँकेमा लगाएको निषेधित क्षेत्र फिर्ता लिएपछि भोलि शान्तिपूर्ण प्रदर्शन गर्न कुनै रोकावट छैन । विगत दुई सातादेखि कैलाली, कञ्चनपुरदेखि चितवनसम्मका १० जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहटका कार्यकर्ता आन्दोलनरत् छन् । जसलाई मधेसी मोर्चाले समेत साथ दिएको छ ।

0 comments:

Post a Comment