मोर्चाले संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको सहमतिका आधारमा संविधान निर्माणको प्रतिवद्धता र त्यसको कार्यान्वयन खोजेको छ ।
साथै यसअघि भएका २२ र ८ बुँदे सम्झौताको तत्काल कार्यान्वयन, मधेसमा खटाइएका सेना र सशस्त्र सुरक्षा बललाई यथासिघ्र ब्यारेकमा फर्काउन पर्ने तथा आन्दोलनमा गिरफ्तार गरिएकाहरुको बिना शर्त रिहाई, ज्यान गुमाएकालाई शहिद घोषणा र घाइेतेहरुको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने मोर्चाका शर्त छन् ।
मोर्चा आबद्ध दलका केन्द्रीय अध्यक्षको बिहान मलंगवामा बसेको बैठकले प्रधानमन्त्रीलाई पठाउने जवाफ तयार पारेको थियो ।
पत्र बुझाउन बालुवाटार पुगेका मोर्चाका नेताहरु मध्ये तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले वार्तामा बसेपछि धेरै कुरा मिल्ने प्रधानमन्त्री कोइरालाको भनाई रहेको बताए । 'मुलुक द्वन्द्वतिर जान थाल्यो, मिलेर समस्याको समाधान गरौं,' प्रधानमन्त्रीको भनाई रायले सुनाए । रायले वार्ताप्रति प्रधानमन्त्रीमा देखिएको चिन्ता कति व्यवहारमा लागू हुन्छ त्यो भने हेर्न बाँकी रहेको प्रतिक्रिया दिए ।
तमसपा नेता रायसँगै संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका महासचिव गोविन्द चौधरी र सदभावनाका नेता रामकिशोर सिंह शनिबार साँझ बालुवाटार पुगेका थिए ।
0 comments:
Post a Comment