भारत सरकारले ‘पोर्न’ प्रतिबन्ध गरेसँगै धेरै बलिउडकर्मी त्यसको बिरोधमा उत्रे। तर, बलिउडकी सबैभन्दा खुल्ला आइटम गर्ल भनेर चिनिने राखी सावन्तले भने पोर्न प्रतिबन्धको समर्थन गरेको बताएकी छिन्। उनले पोर्न प्रतिबन्धको समर्थन मात्र गरेकी छैनन्, सन्नी लियोनलाई समेत प्रतिबन्ध गर्नुपर्ने भन्दै सन्नीमाथि कडा हमला समेत गरेकी छिन्। उनले भारतीय सञ्चारमाध्यमहरुसँग भनेकी छिन्,‘ठूल्ठूला भनाउँदा प्रधानमन्त्रीले गर्न नसकेको काम हाम्रो मोदीजीले गर्नुभयो। उहाँलाई धन्यावाद! म जबसम्म ज्युँदो हुन्छु, तबसम्म मोदीजी नै प्रधानमन्त्री भएको हेर्न चाहन्छु। अब पोर्नको कुरा, हरेक विद्यालयमा आज पोर्न हेरिन्छ। हरेक बच्चाको हातमा मोबाइल र ल्यापटप छ। जसबाट ११ वर्षको बच्चासमेत पोर्न हेर्छ। जसले बच्चाहरुलाई दिनप्रतिदिन बिगार्दै गइरहेको छ। सरकारले पोर्न त प्रतिबन्ध गर्यो। अब सन्नी लियोनलाई पनि देशबाट घचेटेर निकाल्नुपर्छ। सन्नीकै कारणले आज अन्य नायिकाहरु पनि उदाङ्गो हुनुपरिरहेको छ।’ ८५७ पोर्न बन्द गरिएपछि आलोचित बनेको सरकारले पोर्नोग्राफिमा बच्चासँग जोडिन नहुने सर्तमा प्रतिबन्ध खुल्ला गरिसकेको छ।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment