मुख्य दलहरुबीच ६ प्रदेशमा मोटामोटी सहमति भए पनि थारु बहुल प्रदेशलाई अलग अलग बनाएको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार असन्तुष्ट छन् । उनले असन्तुष्टि जनाउँदै बाहिरिएपछि समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन । प्रमुख दलबीच भएको सहमतिलाई अनुमोदन गराउन संवाद समितिको बैठक दिउँसो १ बजे नै बोलाइएको थियो । तर, सहमति हुन ढिला भएपछि समिति बैठक नै अनिश्चित भएको छ । समिति बैठक अनिश्चित भएकै कारण संविधानसभा बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको संविधानसभा सचिवालयले जनाएको छ ।
0 comments:
Post a Comment