Saturday, August 8, 2015

२० रुपैंयामा ठूलो बुवाले सात बर्षीय छोरी बलात्कृत गरे


कोहलपुर–छोरीबाट सापटी लिएको २० रुपैंया लिन बोलाएर कोहलपुरमा ६० वर्षीय आफ्नै ठूलोबुवाबाट सात वर्षीय बालिका बलात्कृत भएको घटना सावर्जनिक भएको छ । कोहलपुर–४ का ६० वर्षीय तुलबहादुर शाहीले छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेका हुन् । गएको बैशाख ५ गते बालिका बलात्कृत भएको भएपनि शनिबार घटना सावर्जनिक भएको हो । बालिकाबाट २० रुपैंया सापटी लिएका शाहीले पैसा मागेपछि बोलाएर घर नजिक रहेको खोला छेउमा बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ । शाहीले रकम लिन भन्दै घरमा बोलाउँदै पटक पटक बलात्कार गर्ने गरेको बालिकाले बताइन्् । घरपरिवारलाई बलात्कृत भएको जानकारी नभएपनि उनका बिद्यालयका सहकर्मीबाट घटना सावर्जनिक भएको थियो ।

बालिका बलात्कृत घटना बाहिर आएपछि शाही फरार थिए । असार २४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा छोरी बलात्कृत भएको उजुरी बुवा आमाले दिएका थिए । फरार शाहीलाई जिल्ला प्रहरी बर्दिया र इलाका प्रहरी कोहलपुरले साउन २१ गते बर्दिया जमुनीबाट पक्राउ गरेको थियो । 'बलात्कार घटना बुझ्दै जाँदा २० रुपैंया सापटी रकम दिने भन्दै बोलाउँदै पटक पटक बलात्कार गर्ने गरेको बालिकाले बयान दिइन,' इलाका प्रहरी कार्यालय कोहलपुरका डिएपसी टिकाबहादुर शाहीले भने। तीन दिनअघि पक्राउ परेका शाहीलाई जर्वजस्तीकरणी मुद्दा चलाइएको छ । जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारगार चलान गरिएको डिएसपी शाहीले बताए ।बालिकाको मेडिकल रिर्पोट आउँन बाँकी रहेको बताउँदै शाहीले रिर्पोट आउनसाथ बयान, स्थलगत रिर्पोटसहित अदालत पेश गरिने बताए । बालिकाको बयान अनुसार २० रुपैंयाको आशा देखाएर आफन्त पर्ने ठूलो बुवाबाट बलात्कृत भएको खुलेको छ । छोरीका साथीहरुले बाहिर हल्ला गरेपछि बुझ्दै जाँदा ठुलोबुवाबाट पटक पटक बलात्कार गरिएको थाहा पाएको बालिकाकी सानीआमाले बताइन् । छोरी बिस्तारै दुब्लाउदै एकहोरो हुँदै जाँदा र साथीहरुको कुराको आधारमा सोध्दा जाँदा वास्तविक थाहा भएको उनले बताइन् । प्रहरीले आरोपित शाहीलाई बर्दियाको जमुनीमा आफ्नै छोरीको घरमा लुकेर बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो । कोहलपुर क्षेत्रमा केही वर्षयता नाबालिका बलात्कारका घटनाहरु सार्वजनिक हुने क्रम बढेको छ ।

0 comments:

Post a Comment