Saturday, August 8, 2015

सातामा सुनको भाउ ५ सयले घट्यो, अझै घट्ने अनुमान


काठमाडौं, श्रावण २३ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै यस साता सुनको भाउँमा सामान्य कमी आयो । साताभर सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो । आइतबार प्रति १० ग्राम ४१ हजार १ सय ५५ अर्थात् तोलाको ४८ हजारमा कारोबार भएको सुन शुक्रबार ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ६ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । नेपाली बजारमा सुनको मूल्य विगत ४ वर्षकै न्यून र अन्तर्राष्ट्रिय बजारमा विगत ५ वर्षकै न्यून रहेको महासंघले जनाएको छ । आगामी साता सुनको भाउ तोलाको ४६ हजार ५ सयसम्म झर्न सक्ने अन्तर्राष्ट्रिय विश्लेषकलाई उद्धृत गर्दै महासंघले जनाएको छ ।

0 comments:

Post a Comment