Saturday, August 8, 2015

युट्याबमा गालीको आइरो,दर्शक भन्छन्:ज्योती तिमी ब्लु फिल्म गए हुन्छ


पछिल्लो समय विशेषत विभिन्न लोक गितहरुको भिडियोमा खुलेरै प्रस्तुत हुने गायीका ज्योती मगर फेरी एउटा तिज गितमा खुलेकी छिन् । शुक्रबार सार्वजनिक भएको तिज गीतमा  श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर दिएका छन् । गीतमा केहि हाँस्यकलाकारको पनि अभिनय छ । हाँस्यकलाकारले भिडियोलाई रमाईलोभन्दा पनि अझै बढी उत्तेजक बनाउन सघाएका छन् । त्यसैले पनि तिजसँग जोडिएको गीतमा भएको अलि बढी भद्धा दृश्यप्रति लोकसंस्कृति प्रेमिले भने चिन्ता व्यक्त गरेका छन् । गीतले नेपाली संस्कृतिलाई नै बदनाम गर्न खोजेको भन्दै दर्शकहरुले म्युजिक नेपालले संस्कृति जोगाउनेबारेमा नसोचेको आरोप लगाएका छन् । युट्युबमा दर्शक बढी बटुल्नु मात्र सबै कुरा नभएकाले गतिलो कुराको मात्र प्रवद्र्धन गर्न म्युजिक नेपाल र सम्र्पुण कलाकारलाई दर्शकले युट्युबमा सुझाव दिएका छन् । युट्युबमा दर्शक संख्या निकै तिव्र गतिमा बढ्दै गएको उक्त भिडियोका लागि प्राप्त प्रतिक्रिया उल्लेख गर्नै नसक्ने समेत प्राप्त भएका छन् । एक जना दर्शले त ज्योती तिमी ब्लु फिल्म खेल्न गए हुन्छ समेत भनेका छन् । यद्यपी केहि प्रतिक्रिया भने राम्रा पनि आएका छन् ।

0 comments:

Post a Comment