अपडेटः
पाल्पा, बुटवल, श्रावण २३ । पाल्पाको दोभानस्थित सिद्धबाबामा शनिबार पहिरो खसेपछि भएको मिनिबस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ५७७१ नम्बरको मिनिबस सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोका कारण तिनाउ नदीमा खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा पाल्पा ताहुकी विद्या श्रेष्ठ र ठेगाना नखुलेको विष्णुबहादुर थापाको सनाखत भएको छ । मृतकमध्ये अन्य दुईजनाको भने सनाखत हुन सकेको छैन् ।
बसमा सवार २४ यात्रुमध्ये केहीले हामफालेर ज्यान जोगाएका छन् । दुर्घटनामा ८ जना घाइते भएका छन् भने बस नदीमा हराइरहेको छ ।
हेर्नुस भिडियो
<iframe width="420" height="315" src="https://www.youtube.com/embed/MlObtG986U4" frameborder="0" allowfullscreen></iframe>
0 comments:
Post a Comment