नेपाली रङ्गिन दुनियामा दिन प्रति दिन नयाँ नयाँ अनुहार को आगमन भैरहेको छ । फिल्म क्षेत्रमा भबिष्य खोज्दै प्रबेश गर्ने र लामो समय देखि नै सँर्घष गर्ने हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर बिगत चार बर्ष देखि निरन्तर सँर्घष गरिरहेकि १९ बर्षयि नव नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । उनले आकँक्षा बस्यालको स्वरमा रहेको तिमिले त जे गरे पनि बोल को म्युजिक भिडीयो पहिलो पटक अभिनय गरिन् त्यस यता ३६ वटा म्युजिक भिडियो मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । अभिनय गरेका कुनै पनि चलचित्र हरु प्रर्दशनमा नआउँदा दर्शक हरुले उनको अभिनय हेर्न पाएका छैनन् । हालै उनि रिमेश अधिकारी को लगानि तथा शिबम् अधिकारी को निर्देशन मा रहने ऐतिहासिक चलचित्र नालापानिको लागी मुख्य नायिका को रुपमा अनुबन्धीत भैसकेकि छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment