Saturday, August 8, 2015

६ प्रदेशमा म हस्ताक्षर गर्दिन : गच्छदार, असहमति मन्त्रालयको बार्गेनिङ : यादव


काठमाडौं, साउन २३ – संविधान निर्माणको आधार तयार गरेको १६ बुँदे सम्झौताका हस्ताक्षरकर्तामध्ये एक मधेशी जनाधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले अहिले दलहरुबीच भएको भनिएको ६ प्रदेशको सहमतिमा हस्ताक्षर नगर्ने बताएका छन् । अध्यक्ष गच्छदारले कुनै पनि हालतमा मधेशका जिल्ला पहाडमा मिलाउन नहुने बताए । अहिले पूर्वमा झापा, मोरड्ड, सुनसरी र पश्चिममा कैलाली र कञ्चनपुरलाई पहाडका जिल्लाहरुसँग मिलाइएको छ । उनले अहिले पूर्ण सहमति नबनेको पनि जानकारी दिए ।सिंहदरवारमा अझै दलहरुबीच छलफल जारी छ ।
त्यस्तै, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष सरद्सिंह भण्डारीले पनि ६ प्रदेशमा आफूहरुको असहमति रहेको बताए । यता, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले पनि ६ प्रदेशमा सहमति भएको हो भने त्यसको कडा विरोध हुने चेतावनी दिए ।
यता लम्जुड्डमा रहेका मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने गच्छदारको असहमतिलाई मन्त्रालयको बार्गेनिङको संज्ञा दिएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले ६ प्रदेशको खाका कुनै पनि हालतमा आफूहरुले स्वीकार नगर्ने बताउँदै पहिलेदेखि आन्दोलित रहेको मधेशी जनतालाई आन्दोलनको बाटो खोलिदिएको बताए । भोलीदेखि नै यसको सशक्त विरोध हुन्छ, उनले भने ।

0 comments:

Post a Comment