Friday, August 7, 2015

माफि माग्दै बाबुरामले बैठक भोलिसम्मलाई सारे


निर्धारित समयभन्दा अबेर गरी सुरू भएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक भोलि १ बजे बस्ने भन्दै स्थगित भएको छ। समितिका सभापति बाबुराम भट्टराईले पर्याप्त छलफल गर्नुपर्ने भन्दै आजको बैठक स्थगित गरिएको बताए। ‘८ वर्षदेखि जारी संघीयताको सीमांकन र नामाङ्कनमा जनताको सुझाव र दलहरूको अडानका कारण सहमति हुन सकेन,’ भट्टराईले भने, ‘म माफि चाहन्छु। एउटा विद्यार्थीले परीक्षामा फेल भयो भने पटक पटक परीक्षा दिनुपर्छ। त्यस्तै हामीलाई पनि भएको छ। यद्यपी हामी निरन्तर प्रयासरत छौ। आज अबेरसम्म भएपनि छलफल गरेर टुंगोमा पुग्छौं।’

0 comments:

Post a Comment