Friday, August 7, 2015

शाहिद कपूर करिना कपूर सहित ११ चर्चित ‘सेक्स स्क्यान्डल’



नयाँ दिल्ली । बलिउडमा गोपनियता भन्ने कुराको स्थान नै हुँदैन । जे पनि हुन्छ त्यो सबै सामू पर्दाफास हुने गर्दछ । बलिउड विभिन्न कारणले चर्चामा आइरहन्छ जसमध्ये सेक्स स्क्यान्डल पनि एक हो । बलिउडका अभिनेत्री मात्र नभई अभिनेता र फिल्म निर्माता पनि ‘सेक्स स्क्यान्डल’ जस्तो लज्जास्पद विवादमा फसिसकेका छन् । सेक्स स्क्यान्डलको सबैभन्दा ताजा उदाहण राष्ट्रिय अवार्ड विजेता अभिनेत्री श्वेता बसु हुन् ।

‘मकडी’ फिल्मबाट लोकप्रियता हाँसिल गरेकी श्वेता बसुलाई जब देह व्यापार गरेको आरोपमा एक होटलबाट पक्राउ गरियो तब  उक्त खबर आगोसरी फैलियो । बलिउडमा यस्ता अरु पनि थप्रै अभिनेता र अभिनेत्री छन् जो ‘सेक्स स्क्यान्डल’ को शिकार भइसकेका छन् ।


बिपाशा बसुः
सन् २०११ मा एक विवादास्पद टेप लिक भएको थियो जसमा अभिनेत्री बिपाशा बसु र राजनीतिज्ञ अमर सिंह बिच सेक्सुअल कुराकानी सुन्न सकिन्थ्यो । यद्यपी, उनले टेपमा रहेको महिलाको आवाज उनको नभएको स्पष्टिकरण दिएकी थिइन् ।


प्रिया मिश्राः
रानी मुखर्जीका फिल्म निर्माता भाइ राजा मुखर्जीमाथि पनि यस्तो आरोप लागेको थियो । उनले अभिनेत्री प्रिया मिश्रालाई यौन शोषण गरेको आरोप लागेको थियो । खबरका अनुसार प्रिया मिश्रा उनको एक फिल्मको स्क्रिप्ट सुन्न गएको बेला राजाले उनीमाथि यौन शोषण गरेको बताइएको छ ।

साशा आघाः
सलमा आधाकी छोरी जब रुसलान मुमताजलाई डेट गरिरहेकी थिइन् तब त्यतिबेला एउटा भिडियो लिक भएको थियो जसमा साशा कुनै पुरुषलाई किस गरिरहेकी देखिएकी थिइन् । रुसलानले त्यसपछि साशासँगको आफ्नो सम्बन्ध तोडेका थिए जबकी साशाले रुसलानले पब्लिसिटिको लागि उनको एमएमएस लिक गरेको बताएकी थिइन् ।

प्रीति जैनः
अभिनेत्री प्रीती जैन ले फेसनका निर्देशक मधुर भंडारकरमाथि फिल्ममा काम दिने बहानामा आफूलाइृ १६ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन्।

गीतिका त्यागीः
गीतिकाले ‘जली एल एल बी’ का निर्देशक सुभाष कपुरमाथि शारिरिक शोषण गरेको आरोप लगाएकी थिइन् जसपश्चात् उनलाई पक्राउ गरिएको थियो । गितिकाले पछि निर्देशकलाई थप्पड हानेको फोटो युट्युबमा हालेकी थिइन् ।

शाहिद कपुर, करिना कपुरः
यो जोडीले थुप्रै हिट फिल्म दिएको छ तर सन् २००४ मा लिक भएको एमएमएसले सबै कुरा परिवर्तन गरिदियो । यी दुबैले उक्त एमएमएस झुटो भएको बताएपनि त्यसले निकै लोकप्रियता हाँसिल गर्यो ।

बिना मल्लिकः
सन् २०१२ मा पाकिस्तानी अभिनेत्री बिा मलिकको एउटा भिडियो भाइरल भयो जसमा उनी एक नायकसँग देखा परेकी छिन् । पछि ती नायकको पहिचान रजन वर्माको रुपमा भयो जो फिल्म ‘जिन्दगी ५०–५०’ मा उनको सह–कलाकार थिए ।

अश्मित पटेल–रिया सेनः
यी दुबैको एमएमएस क्लिप अहिलेसम्मको सबैभन्दा विवादित स्क्यान्डल मध्येको एक हो । यस्तो भिडियोको धेरै कलाकारहरुले लुकाउन खोज्ने गर्दछन् भने अश्मितले बिग बसमा भएको बेला एमएमएस वास्तविक भएको स्विकार गरेका थिए । त्यसपछि भिडियो दोस्रो पटक भाइरल भयो ।

पायल रोहतगीः
बिग बसकी सहभागी समेत रहेकी पायलाको भनाई अनुसार जब उनी सांघाइमा अडिसन दिइरहेकी थिइन् तब निर्देशक दिवाकर बनर्जीले उनीसँग दुव्र्यवहार गरेका थिए । दिवाकरले उनको आरोपलाई अस्विकार गरेका छन् भने अनुराग कश्यपले पनि उनलाई साथ दिएका थिए  ।

मनिषा कोइरालाः
९० को दशकमा मनिषा कोइरालाकी आमाले फिल्म निर्माता सुभाष घईले अभिनेत्रीमाथि यौन शोषण गरेको बताएकी छिन् । मनिषाले यो भनाईलाई त्यति ध्यान नदिई सुभाषसँग दोस्रो पटक बोल्न सुरु गरिन् । यद्यपी, यो कुरामा ध्यान दिन जरुरी छ किनभने मनिषाले सुभाषको ब्यानरको साथमा त्यसपछि कहिले पनि काम गरिनन् ।

ममता कुलकर्णीः
आफ्नो बोल्ड अभिनयका कारण छुट्टै पहिचान बनाउन सफल ममता कुलकर्णीले राजकुमार सन्तोषीले आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यस्तो आरोपपछि ममताको करियर डामाडोल जस्तै भयो र कुनै पनि फिल्मनिर्माताले उनलाई काम दिन अस्विकार गरे  ।

0 comments:

Post a Comment