Friday, August 7, 2015

आखिर,के छ हिमाली जनावरको जैविक महत्त्व ?


नेपालको उच्च हिमाली क्षेत्रमा याक, नाक अनि चौँरीलगायत बहुउपयोगी जनावर पाइन्छन् । हाम्रो हिमाली भेगमा झन्डै ६० प्रतिशतभन्दा बढी चरीचरण क्षेत्र समुद्री सतहबाट २५ सयदेखि पाँच हजार मिटरमा अवस्थित छ । यति चिसो अनि असजिलो हावापानीमा बाँच्न सक्ने यी जनावरको आर्थिक, जैविक महत्त्व छ ।
 यी चौँरीलगायत जीवको प्राकृितक बासस्थान समुद्री सतहको तीन हजारदेखि ६ हजार मिटरमाथि मानिन्छ, जुन भूमि वर्षाको अधिकांश समय हिउँले ढाकेको हुन्छ । यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाको प्रमुख आयस्रोत चौँरीलगायत जनावर नै हुन् । उच्च भेगमा पौष्टिक घाँसपात प्रशस्त पाइँदैन । जाडो, जताततै हिउँ, पौष्टिक घाँसपातको कमीका बाबजुद पनि हिमाली भेगमा यी जीव सजिलै बाँच्दछन्, यिनीहरु प्राकृतिक सन्तुलन, पर्यावरणीय प्रवद्र्धनमा मात्रै उपयोगी छैनन्, मानिसका लागि आर्थिक स्रोत पनि हुन् । भारत, नेपाल, पाकिस्तान भुटानमा यी जनावरलाई फिरन्ते शैलीमा पालिन्छ । वर्षा याममा शितोष्ण चरीचरण, जसमा ४५ सय मिटर भन्दामाथि गोठ सारिन्छ भने जाडोमा केही तल सारिन्छ । वर्षा याममा शितोष्ण चरीचरणमा पौष्टिक घाँसजन्य वनस्पति तथा जडिबुटीजन्य वनस्पति उपलब्ध हुन्छन् । हिउँदमा भने पराल, सुकेका घाँसलगायत हाँगापात खाएर बाँच्छन् । सन् ६० को दशकमा भोकमरीको चपेटामा परेको यस क्षेत्रको अपेक्षाकृत सुगम तथा समतल भू–भागमा खाद्य सुरक्षणका लागि हरितक्रान्ति अनि स्वेत क्रान्तिको अभियान सञ्चालन भएको थियो । कृषि तथा पशुपक्षीजन्य उत्पादन वृद्घिका लागि प्रयोग गरिएको रासायनिक मल, रासायनिक कीटनाशक औषधिको असर आज जनसमुदायको जनस्वास्थ्यमा देखिएको छ । आजका सजक उपभोक्ता जैविक कृषि तथा पशुपक्षी जन्य उत्पादनतर्फ आकर्षित भएका छन् । चौरीको पुच्छरबाट बन्ने चम्मर, जुन बौद्घ धर्मावलम्बीका लागि महत्त्व राख्छ, चौरीको रगत त बहुमूल्य औषधि नै मानिन्छ, नत्रभने म्याक्दी मनाङ, मुस्ताङतिर अन्तर्राष्ट्रिय पर्यटक मात्र होइन, आन्तरिक पर्यटक किन झुम्मिन्थे होला ? रौँबाट तयार हुने लिउ, राडीपाखीको त के कुरा गर्ने छाला झनै बहुमूल्य छ । छुर्पी, चिज, ताजा मासु अनि सुकुटी बनाउन सकिन्छ । नत्र किन पोखरातिर मात्र होइन, काठमाडौंमै दशैँताका उपभोक्ताको पहिलो छनोट हिमाली भेगका जीवको मासुमा हुन्थ्यो ? यसका निम्न कारण छन् । ० आजको आनुवांशिक परिवर्तित कृषि तथा पशुपक्षीजन्य उत्पादनले निम्त्याएको दुष्परिणामका कारण । ० पशु कल्याणबारे सजकता छैन । Chauri-ko-Ragat-० कृषि तथा पशुपक्षीजन्य उत्पादनमा रासायनिक मल तथा कीटनाशकजन्य औषधिको प्रयोग । ० कृषि तथा पशुपक्षीजन्य उत्पादनमा प्रतिजैविक सहनशील जीवाणु उत्पन्न हुने जोखिम । आज जैविक कृषि तथा पशुपालनको आर्थिक महत्त्व किन र कति छ, यसको एउटा उदाहरण जर्मनी तथा इटालीमा मात्र वार्षिक ३० करोडको खपत हुने रहेछ, सन् २०००–२००१ तिर । अर्कोतर्फ ६० को दशकमा प्रतिहेक्टर रासायनिक मलको खपत ०.५ केजी रहेकोमा आज ९५ केजी प्रतिहेक्टर रहेको अनुमान गरिन्छ । त्यसैले होला मुख्य बाली लगाउने बेला रासायनिक मलको हाहाकार हुने ।


पशुपालन भरपर्दो विकल्प
जैविक कृषिजन्य उत्पादनका लागि चाहिने जैविक मलको स्रोतको केन्द्रबिन्दु पशुपक्षी पालनलाई मानिन्छ । पशु कल्याणको उच्च सुनिश्चितता जैविक कृषिको आधार स्तम्भ मात्र होइन, जनस्वास्थ्यको भरपर्दो सुनिश्चितता पनि पशुपक्षी स्वस्थ्य हुनको अर्थ पशु रोगको अनुपस्थिति मात्र होइन, उच्चतम, तंग्रिएको तथा फुर्तिला पशुपक्षी जसका कारण पशपक्षीमा आकस्मिक रूपमा देखापर्ने रोग परजीवीको प्रकोप तथा चय अपचयजन्य विकार सहन सक्ने क्षमतावान हुनु पनि हो । जसका कारण न्यूनतम उपचार जन्य पशुस्वास्थ्यको आवश्यकता यसमा लाग्ने खर्चको बचत तर यसका लागि यसबारे नीति निर्माणको तहमा सकारात्मक सोच त चाहियो । याक, नाक, झुपा अनि चौँरीलाई किन जैविक पशुपालन भनिएको होला ? चौरीहरु परम्परागत बसाइँसराइ गरी त्यस्तो भूभागमा पालिन्छन्, जहाँ कृषि क्षेत्रको व्यावसायिक तथा व्यापारीकरण तथा विविधीकरण गरिएको छैन । चौँरीको प्राकृतिक वासस्थल समुद्री तहबाट ३००० देखि ६००० मिटर अवस्थित जुन भूभाग सबैखाले वातावरणीय प्रदूषणबाट आजसम्म मुक्त मानिन्छ । चौरीका चरण क्षेत्र आजसम्म कुनै पनि खाले रासायनिक अवशेषबाट मुक्त छन् । चौरी चरण गर्ने वासस्थान कुनै पनि कृषि गतिविधिबाट मुक्त छन्, रासायनिक मल अनि कीटनाशक जन्य अवशेषबाट पनि मुक्त छन् ।
चौँरीबाट उत्पादन हुने जैविक पशुजन्य पदार्थ
चौरीको पुच्छरबाट बन्ने चम्मर, जुन बौद्घ धर्मावलम्बीका लागि महत्त्व राख्छ, चौरीको रगत त बहुमूल्य औषधि नै मानिन्छ, नत्रभने म्याक्दी मनाङ, मुस्ताङतिर अन्तर्राष्ट्रिय पर्यटक मात्र होइन, आन्तरिक पर्यटक किन झुम्मिन्थे होला ? रौँबाट तयार हुने लिउ, राडीपाखीको त के कुरा गर्ने छाला झनै बहुमूल्य छ । छुर्पी, चिज, ताजा मासु अनि सुकुटी बनाउन सकिन्छ । सिङसहितको खप्परबाट सजावटको सामग्री तयार हुन्छ । आज जलवायु परिवर्तन अनि विश्वव्यापी तापक्रम बढ्ने क्रम अनि विश्व वाष्पीकरणको प्रभाव परिरहेका बेला हिन्दू कुश अनि समग्र पर्वतीय क्षेत्र चरण सुधार अनि व्यवस्थापनका कुरा गरेर मात्र पुग्दैन । हिमाली क्षेत्रमा पाइने औषधिजन्य जडिबुटी अनि घाँसपातकै कुरा गरी रहँदा समतल क्षेत्रमा मात्र आज देखापरेका रोग व्याधि यो जीवमा लागेमा के गर्ने भन्ने बेला आएको छ जस्तो लाग्छ । उच्च हिमाली क्षेत्रका चौँरीलगायत जीवमा सरुवा तथा संक्रामक रोग पशुचिकित्सा विज्ञानका अभिलेखमा न्यून भेटिन्छन् । यस क्षेत्रका जीवजन्तुको प्रवद्र्धनका लागि सरकारी स्तरबाट खासै कार्यक्रम सञ्चालित छैनन् । अझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र, जसको कार्य क्षेत्र हिन्दू कुश नै छ, यहाँ एकजना पनि पशुचिकित्साकर्मी विज्ञको रूपमा नरहेको अवस्थामा छ । अहिले उष्ण अनि समउष्ण क्षेत्रमा देखापरेका रोग हिमाली भेगका जीवमा पनि देखिने सम्भावना बढ्दो छ । हिमाली भेगका जीवजन्तुको संरक्षणमा सरकारी तबरबाट पहल आवश्यक छ ।
याक, नाक, झुपा अनि चौँरीलाई किन जैविक पशुपालन भनिएको होला ? चौरीहरु परम्परागत बसाइँसराइ गरी त्यस्तो भूभागमा पालिन्छन्, जहाँ कृषि क्षेत्रको व्यावसायिक तथा व्यापारीकरण तथा विविधीकरण गरिएको छैन ।
चौँरीलगायत जीवको संरक्षण
० चौँरीपालक कृषकको सहकारी संस्था गठन गर्ने, भएका उत्पादनको संगठित बजारीकरणको व्यवस्था गर्ने । ० चौँरीजन्य उत्पादनको विश्वव्यापी मान्य हुने गुणस्तर निर्धारण गर्ने । ० सम्भावित रासायनिक प्रदूषण रोगव्याधीरहित यिनका उत्पादन छन् भन्ने मानक संस्था तोक्ने वा स्थापना गर्ने । ० यी जीव स्वास्थ्यबारे चेकजाँच, अनुसन्धान र उपचार गर्ने । भोलि देखिनसक्ने रोगव्याधीका लागि सुरक्षा अपनाउने । यसका लागि पशुविज्ञ चिकित्साकर्मी, पशुस्वास्थ्य प्राविधिक मात्र होइन, कृषकका लागि पनि तालिम प्रशिक्षण एवं सचेतना कार्यक्रम सञ्चालन गर्ने । ० परम्परागत रुपमा भइरहेको चौँरीजन्य उत्पादनलाई आधुनिकीकरण गर्ने । ० चौँरीजन्य उत्पादनको बजार विस्तारका सम्भावना खोज्ने । अन्तमा एउटा निचोड के निकाल्न सकिन्छ भने चौँरीपालन अनि चौँरीजन्य उत्पादन जैविक उत्पादन हुन् । किनभने पशुपालनका अन्य क्षेत्रमा जस्तै कुनै रसायन प्रयोग गर्ने गराइएको छैन । यो जीवले हिमाली क्षेत्रमा पाइने बहुमूल्य औषधिजन्य जडिबुटी अनि झारपात उपयोग गर्ने गरेका छन् । जसको न कुनैै प्राज्ञिक अभिलेख छ, न त कुनै वैज्ञानिक आधार अनि प्रमाण । चौँरीजन्य उत्पादन हिमाली भेगका मानिसका लागि जीविकाको माध्यम हो । यसको प्रवद्र्धनमा राज्यस्तरबाटै ठोस पहल हुन आवश्यक छ । चौँरीलगायत जीवको व्यवस्थित प्रजनन र आनुवांशिक संरक्षणतिर नसोच्ने हो भने हिमाली क्षेत्रका जैविक विविधता कोसी टप्पुतिरको अर्ना स्थानीय भैँसीसरह नहोला भन्न सकिन्न । (डा. कार्की अस्ट्रिच नेपाल लिमिटेडका भेटेनरी हेल्थ म्यानेजमेन्ट एन्ड स्लाउटरहाउस एन्ड मिट इन्स्पेक्सन स्पेसिअलिस्ट कन्सल्टेन्ट हुन् ।)

0 comments:

Post a Comment