Friday, August 7, 2015

६ लेनको सडकमा सुते महिला (फोटो फिचर)


काठमाडौं—माइतीघर–नयाँ वानेश्वर ६ लेनको सडकमा शुक्रबार दिउसो अनौठो दृश्य देखियो। हजारौं गाडी हुइँकिने व्यस्त सडकमा लामबद्ध भएर महिला सुतेको देख्दा वरपरकाहरु छक्क परे। सडकमा महिला सुत्दा माइतीघर–नयाँ वानेश्वर सडक एक घन्टा अवरुद्ध भयो।




नयाँ संविधानमा महिला हक स्थापित गराउन महिला मानवअधिकार राष्ट्रिय सञ्जालको अगुवाइमा सडक आन्दोलन भएको हो। प्रदर्शनकारी महिलाले 'र होइन वा गर', प्रजनन अधिकार सुनिश्चित गर जस्ता नारा लगाएका थिए।


0 comments:

Post a Comment