Friday, August 7, 2015

झ्यालबाट होटलमा प्रवेश गर्ने क्रममा करेन्ट लागेर मृत्यु


काठमाडौं, श्रावण २२ । काठमाडौंको भोटेबहालमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
महानगरिय प्रहरी वृत्त जनसेवाका अनुसार दार्चुला घर भई हाल भोटेबहालस्थित निलगिरी होटलको कोठा नम्बर ४ मा बस्दै आएका २१ वर्षीय किरण धामीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेपछि उपचारका लागि वीर अस्पताल लगिएका उनको गएराति अस्पतालमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार होटेलको ढोका नखुलेर झ्यालबाट प्रवेश गर्ने क्रममा खुल्ला तारमा समाउन पुग्दा गएराति साढे १२ बजे धामीलाई करेन्ट लागेको हो ।

0 comments:

Post a Comment