काठमाडौं, श्रावण २२ । नेपाली कामदार इजरायल पठाउने विषयमा दुई देशबीच सहमति भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार छनौट गरी इजरायल पठाउनेसम्बन्धी संयुक्त ‘पाइलट’ कार्यक्रममा शुक्रबार काठमाडौंमा हस्ताक्षर भएको हो । श्रम तथा रोजगार मन्त्रालयमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको उपस्थितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायलका राजदूत योरोन मेयरले हस्ताक्षर गरेका हुन् । पहिलो चरणमा कार्यक्रममा तोकिएबमोजिम टेस्ट तथा परीक्षणमा उत्तीर्ण भएका र स्वास्थ्य परीक्षणमा सफल हुने ६० जनासम्म केयरगिभरका रुपमा नेपाली कामदार इजरायल जानेछन् । यो पाइलट कार्यक्रमअनुसार केयरगिभरहरु दुबै देशका सरकारको पहलमा र न्यूनतम लागतमा पठाउने सहमति भएको छ । सम्झौताअनुसार दक्षिण कोरियामा जस्तै सरकार आफैंले इजरायल कामदार पठाउनेछ । इजरायलले पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको थियो । यसअनुसार अब अधिकतम ८० हजार रुपैयाँमा नेपाली कामदार इजरायल जानसक्ने बताइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment