Friday, August 7, 2015

नागरिकताका विषयमा ‘बाबु वा आमा’ उल्लेख गर्न सकिँदैन : कानुनमन्त्री


काठमाडौं, श्रावण २२ । कानुनमन्त्री नरहरि आचार्यले संविधानको पहिलो मस्यौदामा उल्लेख गरिएको नागरिकताको विषयमा ‘बाबु र आमा’को सट्टामा ‘बाबु वा आमा’ उल्लेख गर्न कठीन हुने बताएका छन् ।शुक्रबार राजधानीमा महिला सुरक्षा दबाब समूहले गरेको कार्यक्रममा मन्त्री आचार्यले नागरिकताको सम्बन्धमा विद्यमान व्यवस्था तथा कठीनाइलगायतका विषयलाई सम्बोधन गर्ने गरी धेरै छलफलपछि ‘बाबु र आमा’ भन्ने वाक्य उल्लेख गरिएको स्पष्ट पारे । सबैको भावना र उपयुक्त सुझावहरुलाई समेटेर मस्यौदा परिमार्जन गर्न लागिएको भन्दै उनले मस्यौदामा उल्लेख भएका केही शब्दलाई लिएर त्यसको विरोध नगर्न महिला अधिकारकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा महिला अधिकारकर्मीहरुले नयाँ संविधानलाई महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका थिए


0 comments:

Post a Comment