Thursday, August 20, 2015

घैंटेको हत्यापछि अाकाशमा फायरिङ : कांग्रेस नेता केसी ( भिडियो सहित )


काठमाडौं–गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार 'घैंटे' प्रहरी कारवाहीमा मारिएपछि नेपाली कांग्रेसका सभासद एवं नुवाकोट कांग्रेस सभापति जगदिश नरसिंह केसीले घैंटेलाई प्रहरीले नियोजित रुपमा हत्या गरेको आरोप लगाएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै केसीले निर्माण व्यवसायमा संलग्न घैंटेलाई प्रहरीले इन्काउन्टरमा नभइ नियोजित रुपमा हत्या गरेको आरोप लगाएका हुन्। 'निर्माणसम्बन्धी बैठक सकेर घरमा खाना खाँदै गर्दा चार पाँच जनाको संख्यामा मास्क लगाएका व्यक्तिले समातेर छातिमा गोली हाने', उनले भने। गोली हानेपछि कुमारको निधन भएको र पछि मास्क लगाएका व्यक्ति र प्रहरीबीच नाटकीय रुपमा आकाशमा फायरिङ भएको र नाटक प्रहरीले रचेको अारोप उनले लगाए। भिडियो 'कुमार घरमा खाना खाइरहेको बेला चार पाँच जनाको संख्यामा रहेका व्यक्तिले समाएर छातिमा गोली हानेको देखिन्छ,' नागरिकन्युजसँग उनले भने,'गोली प्रहारपछि कुमार मर्‍यो भन्ने भएपछि मास्क लगाएका व्यक्तिले नाटकीय रुपमा आकाशमा फायरिङ गरेका हुन्। यसले हत्या नाटकीय ढंगबाट गरेको प्रमाणित हुन्छ।' नुवाकोट कांग्रेसका सभापित समेत रहेका केसीले एउटा हत्यारालेसमेत १८ वर्ष जेल जीवन बिताएपछि सामान्य जीवन यापन गर्न पाउने कानुनी व्यवस्था रहेको भन्दै कुमारले पनि विभिन्न समयमा अदालतबाट सफाइ पाएको दाबी गरे। बाहिर प्रहरीले घरमा घेरा हालेको र प्रहरीले मास्कलगायका व्यक्तिलाई घरभित्र पठाएर कुमारलाई गोली हानेको उनको दाबी थियो। प्रहरीले इन्काउन्टरमा घैँटेको निधन भएको उल्लेख गरेको छ।

0 comments:

Post a Comment