काठमाडौ, भदौ ३ । अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको केन्द्रीय कार्यालयमा आक्रमण भएको छ । गएराती तीनकुने स्थित पत्रिकाको केन्द्रीय कार्यालय रहेको कर्पोरेट टावरमा कस्ले आक्रमण गर्यो भन्ने बारेमा प्रहरी समेत बेखबर छ ।चार जनाको समूहमा आएको अज्ञात व्यक्तिहरूको समूहले पत्रिकाको कार्यालय परिसरमा एक्कासी ढुंगामुडा प्रहार गरी भागेको पत्रिकाले जनाएको छ ।
आक्रमणबाट कार्यालयको पहिलो तलाको पछाडि भागको सिसाहरु फुटेका पनि कुनै मानवीय क्षती भने हुन पाएन । नेपाल पत्रकार महासंघ अन्नपूर्ण शाखाले घट्नाको घोर भत्सना गर्दै दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment