Thursday, August 20, 2015

फेसबुक टाइमलाइनमा परिवर्तन गरिने


फेसबुक अहिले अधिकांस मानिसहरुको रोजाइको समाजिक सञ्जाल साइट हो। विश्वभरीमा नै सबैभन्दा बढी मात्रामा हेरिने साइट फेसबुकमा धेरै सुविधा तथा परिवर्तनहरु थप भइरहेका छन्। यही क्रमममा फेसबुकले आफु अग्र स्थानमा नै रही रहनाका लाागि  फेसबुक एप्लीकेशनलाई अपडेट गर्ने भएको छ।

 अब प्रयोगकर्ताको  फोनको फेसबुक एप्लीकेशन छिट्टै परिवर्तन हुने बताइएको छ।

thenextweb.com का अनुसार अब आउने नयाँ अपडेटेड फेसबुक एपमा प्रोफाइल फोटो टाइमलाइनको बाँया पट्टि नभएर बीचमा हुनेछ। साथै प्रयोगकर्ताको नाम भने प्रोफाइल फोटोको ठीक मुनि हुनेछ। फेसबुकका प्रवक्ताका अनुसार फेसबुकको टिमले फेसबुकको यो नयाँ मोबाइल संस्करणको परिक्षण गरिरहेको छ र यस नयाँ संस्करणले फेसबुक प्रोफाइलको नमुनालाई झन नयाँपन दिनेछ।

0 comments:

Post a Comment