प्रहरीले १२ वर्षअघि ललितपुरको बडिखेलमा एकै परिवारका ५ जनाको हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ। ललितपुर बडिखेल ६ बस्ने चन्द्रबहादुर पहरीलाई प्रहरीले पक्राउ गरेको हो। २०६० साल कात्तिक १६ गते ललितपुरको बडिखेलस्थित खेलगाउँमा एकै परिवारका पाँच जना भानु नगरकोटी, धनकुमारी नगरकोटी, रविन्द्र, लुरी र टुकुली नगरकोटीको दसैको अस्टमीका दिन निर्ममतापूर्वक धारिलो हतियारले हत्या गरिएको थियो। लामो अनुसन्धानपश्चात् प्रहरीले दोषी पत्ता लगाएको हो।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment