प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। त्यतिबेला उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो पछि उनी रिहा भए पनि लगत्तै महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीमाथि फेरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो । केही समयपछि फेरि उनी रिहा भए।
२०६३ भदौं १६ मा गोंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोली प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी फेरि पक्राउ परे ।
त्यसको २ वर्षपछि फेरि २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते बनाएपछि उनीमाथि ज्यान मार्ने उद्योगमा प्रहरीले खोजी सूचीमा राख्यो । तर उनी फरार भए । पछि प्रहरीले तिघ्रामा गोली हानेर घाइते बनाई प्रहरीले लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो ।
हतियार सहित पक्राउ परेका उनी केही समयपछि रिहा भए। त्यसपछि भने उनी पक्राउ परेका थिएनन् । काग्रेस नेता अर्जुननरसिंह केसी र उनको भाई जनदिश नरसिंह केसी निकट मानिने घैँटे डन दिनेश अधिकारी ‘चरी’ मारिएपछि घैंटे मलेसियामा बस्दै आएका थिए। वैशाख १२ गतेको महाभूकम्पपछि उनी नेपाल फर्किएका थिए।
नेपाली कांग्रेसका नेताहरुसँग निकट मानिएका उनले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलनमा समेत जुटेका थिए। उनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाई राहत हस्तान्तरणसमेत गरेका थिए। तस्बिरः दृष्टिबाट
0 comments:
Post a Comment