Thursday, August 20, 2015

​पहिलो खेलमै बिमलको ह्याट्रिक



भदौ ३, ललितपुर ।
प्रथम साफ अन्डर १९ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाली कप्तान बिमल घर्ती मगरले ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै भुटानबिरुद्ध नेपालले ३–१ को अग्रता लिएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्सको कृतिम घासे मैदानमा जारी खेलको ६२ औं मिनेटमा तेस्रो गोल गर्दै बिमलले ह्याट्रिक पुरा गरेका हुन् । पहिलो हाफको १० औं मिनेटमा गोललाई पोष्टको दिशा दिदै खाता खोलेका बिमलले २९ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
भुटानका लागि भने ११ औं मिनेटमा सोनाम तोग्वेले गोल गरे ।

प्रतियोगितामा अहिले दोस्रो हाफ जारी छ ।


0 comments:

Post a Comment