अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३ सय ५० ओटा सुनका सिक्का फेला पारेका हुन् । ती सुनका सिक्काको मूल्य ४५ लाख अमेरिकी डलर बराबरको रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । फेला परेका सुनका सिक्का तीन सय वर्ष पहिलेका भएको बताइएको छ ।
तीन वर्षअघि क्युबाबाट स्पेन जाँदै गरेको स्पेनिस जहाज तुफानका कारण डुब्दा सिक्का भएको बाकस नै डुबेको अनुमान छ । फेला परेका सिक्का अमेरिकी कानुनअनुसार २० प्रतिशत भाग फ्लोरिडाको सरकारी कोषमा दाखिला गरिने छ भने सो रकम बराबरको केही भाग गोताखोर विदियमलाई पनि दिइनेछ । (एजेन्सी)
0 comments:
Post a Comment