Thursday, August 6, 2015

मलेसियाबाट ४७० जना माग



मलेसियाली रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णयअनुसार 'फ्रि भिसा फ्रि टिकट' मा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएका छन् । मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दुतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेश गर्न थालेका हुन् ।
यहाँस्थित नेपाली दुतावासका अनुसार विभिन्न १७ कम्पनीले फ्रि भिसा फ्रि टिकट दिएर ४ सय ७० नेपाली कामदार ल्याउनका लागि प्रमाणीकरण गर्न कागजात दुतावासमा पेश गरेको यहां स्थित नेपाली दुतावासले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ । दुतावासले बिहीबार एक विज्ञप्ती प्रकाशन गर्दै १० महिला र ४ सय ६० पुरुष कामदारको मागपत्र उपर छानवीन गरि ती कम्पनीहरुको निरिक्षणपछि मागपत्र स्विकृत गरि पठाउने प्रक्रियामा रहेको जनाएको छ । सरकारले गत असार २१ गते 'फ्रि भिसा फ्रि टिकट'मा मात्र कामदार खाडी र मलेसिया पठाउने निर्णय गरेको थियो ।

0 comments:

Post a Comment