Thursday, August 6, 2015

बारपाकमा औषधि छैन्, जडीबुटीकै भर



२२ साउन, गोरखा । बारपाक गाविस ६ की साढे तीन वर्षीय मेरिस्का घले जन्डिसले थलिएको २० दिन भयो । उनको आँखा, नङ र शरीर पनि पहेलो भइरहेको छ । ‘समयमै औषधि नपाउँदा उनी लामो सयदेखि थलिनुपरेको हो,’ स्थानीय तेजबहादुर घले भन्छन्, ‘समयमै उपचार नपाउँदा उनले शरीर गल्दै गएको छ ।’ औषधिको नाममा उनको आमा सीताकुमारीले जंगलबाट खोजेर ल्याएको चुत्रोको जरा, कुड्कीको बोक्रामात्र खुवाइएको उनले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । बारपाकमा जन्डिस फैलिएर एक महिना भइसकेको छ । अहिलेसम्म यहाँका करिब एक सय ५० जना बालबालिकामा जन्डिस भएको उनको भनाइ छ । पर्याप्त औषधि नहुँदा स्थानीयले रागार सामुदायिक बनबाट जडिबुटी ल्याएर खुवाउने गरेका छन् ।

0 comments:

Post a Comment