काठमाडौं, साउन २० – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले औसतमा ११.०८ प्रतिशत हवाई भाडा घटाएका छन् । वायुसेवा कम्पनीले साउन २२ गतेदेखि लागू हुने गरी हवाइ भाडा घटाएका हुन् । सरकारले आइतबार हवाई इन्धनमा १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको छ । यसअघि १३३ रुपैयाँ थियो । ‘हामीले इन्धनको मूल्य घटाएपछि हवाई भाडा ‘फ्युल सरचार्ज’ शुल्क घटाउँदै आएका छौं,’ वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले भने । वायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले भाडा घटाउने निर्णय गरेको हो । संघले काठमाडौं–पोखराका लागि २५३ रुपैयाँ १३ पैसा भाडा घटाएको छ । काठमाडौं–धनगढीका लागि ५८१ रुपैयाँ २५ पैसा, काठमाडौं–विराटनगरका लागि ३४६ रुपैयाँ ८८ पैसा, काठमाडौं–भद्रपुरको साविकको भाडामा ४१२ रुपैयाँ घटाएको छ । त्यसैगरी संघले काठमाडौं भरतपुरको भाडा १९६ रुपैयाँ ८८ पैसाले घटाएको जनाएको छ । काठमाडौं– भैरहवाका ३०९ रुपैया ३८ पैसा, काठमाडौं– जनकपुरको २२५ रुपैयाँ, काठमाडौं– सिमराको १६८ रुपैयाँ ७५ हत्तर पैसा भाडा घटाएको छ । काठमाडौं–तुम्लिङटारको ३०९.३८ रुपैयाँ र विराटनगर– तुम्लिङटारको १८७ रुपैया ५० पैसा भाडा घटाइको आजको कारोबार दैनिकमा खबर छ ।
0 comments:
Post a Comment