Tuesday, August 4, 2015

भारतले पोर्न साइट प्रतिबन्ध खुकुलो पार्ने




नयाँ दिल्ली—भारतमा ८ सयभन्दा बढी पोर्न साइटमा लगाइएको प्रतिबन्धको चर्को विरोध भएपछि एक साता नबित्दै सरकार निर्णयबाट पछि हटेको छ। केन्द्रीय सरकारले पोर्न वेबसाइटमाथि लगाइएको प्रतिबन्ध आंशिक रुपमा हटाउने जनाएको छ। केन्द्रीय दूरसञ्चार मन्त्री रविशंकर प्रसादले समाचार संस्था पिटीआईलाई बताएअनुसार चाइल्ड पोर्नोग्राफीलाई बढावा दिने साइटलाई प्रतिबन्ध गरिनेछ। 'चाइल्ड पोर्नोग्राफी गर्ने साइटलाई मात्र प्रतिबन्धित गरिनेछ।' सरकारले ३१ जुलाईमा ८५७ वेबसाइटलाई 'अनैतिक तथा अश्लिल' सामग्री राखेको भन्दै प्रतिबन्धित गर्ने निर्णय लिएको थियो।

0 comments:

Post a Comment